क्यासिनोको पैसा उठाउन वैदेशिक ठगीको मुद्दा

तर, क्यासिनोमा सबै सम्पत्ति गुमाएका केसी पैसा दिन सक्ने अवस्थामा थिएनन् । पैसा दिन नसकेपछि क्यासिनोका लगानीकर्ता दिनेश अलकत्रेले धम्क्याएर उनलाई वैदेशिक रोजगारका नाम ठगी गरेको भन्दै कागज गराए । हतियार देखाएर तर्साएपछि केसीले हस्ताक्षर गरिदिए ।
क्यासिनोमा लगानी अवैध भएकोले सो समूहले पैसा असुल्न त्यसरी जवर्जस्ती वैदेशिक रोजगारसम्बन्धी कागज गराएको हो । वैदेशिक रोजगारका नाममा गरिएको कागज ठगीको बलियो प्रमाण हुन्छ । वैदेशिक रोजगार विभागले पक्राउ गरी मुद्दा चलाउँछ । नत्र लेलनदेखको विवाद प्रशासनले हेर्दैन ।
क्यासिनोको लगानी मात्र होइन, ढुकुटी कारोबार, चर्को व्याजमा लगानी तथा विभिन्न लेनदेनका घटनामा अहिले वैदेशिक रोजगार मुद्दा चलाउने प्रवृत्ति बढ्दै गएको नयाँ पत्रिकामा खबर छ ।
क्यासिनोका लगानीकर्ता अलकत्रेले क्यासिनोमा लगानी गरेको पैसा उठाउन वैदेशिक रोजगारको कागज गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
0 comments
Write Down Your Responses