वेश्यावृत्ति गर्नेलाई महिला प्रहरीले पक्रने

१८ पुस, मोरङ । मोरङमा बढ्दै गएको वेश्यावृत्ति नियन्त्रण गर्ने जिम्मा महिला प्रहरीले पाएका छन् । मोरङ प्रहरीले प्रभावकारी रुपमा वेश्यावृत्तिको नियन्त्रण गर्न महिला प्रहरीलाई जिम्मेवारी दिएको हो ।
पुरुष प्रहरीले सोचेजति सफलता प्राप्त गर्न नसकेपछि महिला प्रहरीलाई जिम्मेवारी दिइएको मोरङका प्रहरी प्रमुख एसपी विश्वराज पोख्रेलले बताउनुभयो । प्रत्येृक समूहमा १०/१० जनाको समूह बनाइ महिला प्रहरी परिचालन गरिनेछ ।
महिलाले व्यवसाय सञ्चालन गर्नेलाई राम्ररी बयान लिन सक्ने, धेरै व्यवसाय सञ्चालन गर्ने महिला नै भएकाले नियन्त्रणको जिम्मेवारी पनि महिलाहरुले नै पाएको पोख्रेलले बताउनुभयो । अनैतिक काममा संलग्न भएकालाई महिला प्रहरीले पक्रन पनि सहज भएको छ ।
सोही अभियान सञ्चालन गरेर महिलालाई जिम्मेवारी दिएकै दिन विराटनगरका विभिन्न होटलहरुमा छापा मार्दा अनैतिक काममा संलग्न विभिन्न ३५ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कारबाहीको प्रक्रिया पनि अघि बढाइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.