सुनसरीमा ट्रक र कार ठोक्किंदा ९ जनाको मृत्यु

१७ पुस, काठमाडौ । सुनसरीमा भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बुधबार राति करिव ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुर-८ भाण्टाबारीमा ट्रक र कार ठोकिदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
नयाँ वर्षका अवसरमा इलाममा पिकनिक खाएर सिरहा फर्किरहेकाहरू चढेको बा ८ च ४९८० नम्बरको कार र ना २ ख ८८३७ नम्बरको ट्रक ठोकिएर दु्र्घटना भएको हो । कार र ट्रक जुध्दा कारमा सवार सिराहाका ९ जना बासिन्दाको मृत्यु भएको हो । ट्रकसँग जुधेको स्कोर्पियो कारमा १० जना सवार थिए ।
मृतकहरुमा  सिरहा जिल्ला निवासी वीरेन्द्र साह, सञ्जिव साह, ज्ञानुकुमार  साह, राजारम साह, राजेन्द्र साह, सन्तोष नायक र मुकेश गुप्ता रहेका छन् । मृतकहरु सबै सिराका जिल्लाका बासिन्दाहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक अन्य दुर्इजनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनापछि अबरुद्ध पूर्वपश्चिम राजमार्ग खुलाउन प्रहरीले प्रयास जारी राखेको छ ।
दुर्घटनाको कारण नखुले पनि पिकनिकबाट फर्केका टोली सवार कारका चालकले मदिरा सेवन गरेर कार चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  घटनामा गम्भीर घाइते हुनुभएका ज्ञानकुमार महतोको गम्भीर अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
दुर्घटनापछि ट्रकका फरार भएका ट्रकका चालक र सह-चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाका मृतकहरूको लाश संकलन गरी पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलार्इ उधृत गर्दै पत्रकार लिलाराज भट्टरार्इले जानकारी दिनुभएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.