गोली हानि बारामा ट्रक व्यवसायीको हत्या
बाराको जितपुरमा बुधबार करिब १२ बजेको समयमा ट्रक व्यवसायी अफताब आलममाथि गोली प्रहार भएको थियो।
टाउकोमा गोली लागेर गम्भीर घाईते भएका आलमको उपचारका क्रममा दिउँसो साढे तीन बजे बजे नेसनल मेडिकलक कलेज वीरगजंमा मृत्यु भएको हो।
जीतपुर निवासी ३५ वर्षीयका आलममाथि गोलि हान्ने भारतीय नागरिक रवि पाण्डे र विपिन यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आलम माथि गोलि हानि भाग्दै गरेका बेला उनिहरुलाई लखेट्ने क्रममा चलाएको गोलि लागि २ प्रहरी समेत गम्भीर घाईते भएका छन्।
प्रहरी चौकी इनर्वासिरामा कार्यरत प्रहरी सहायक निरीक्षक मातृका ठाकुर,प्रहरी जवान शेष अवजान घाईते भएका हुन्।
घाइते दुवैको नारायणि उप क्षेत्रिय अस्पताल वीरगजंमा उपचार संभव नभए पछि काठमाण्डौस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको बारा प्रहरीले जानकारी दियो ।
0 comments
Write Down Your Responses