आदिवासी जनजाति महोत्सव युएई २०१३-१४ को घोषणा

त्रिलोचन कोइराला
अबुधावी । नेपाली आदिवासी जनजाति माहासंघ युएईले नेवार जातिहरुको योमरी पुन्ही पर्वदेखि शेर्पाहरुको ल्होसार पर्वसम्म आदिवासी जनजातिहरुको महान पर्व र उत्सवहरु पर्ने भएको जनाउँदै यो अवधिलाई
“आदिवासी जनजाति महोत्सव युएई २०१३-१४” घोषणा गरेको गरेको छ ।
युएइमा नेपाली आदिवासी जनजाति माहासंघ युएईमा तमु समाज युएई, तमाङ् समाज युएई, मगर संघ युएई, किराँत राई यायोख्या युएई, प्रवासी थारु समाज युएई, शेर्पा किदुग युएई, किराँत याक्थुङ् चुम्लुङ् युएई, नेवा पुचः युएई, प्रवासी भुजेल समाज सेवा समिति, रहेका छन् ।
महासंघका अध्यक्ष डि आर गुरुङले महोत्सवको बारेमा जानकारी सहित एक बिज्ञप्ति सार्बजनिक गरेका छन । अध्यक्ष गुरुङले महोत्सवमा निम्न कुरा गरिने बिज्ञप्तिमा जानकारी पनि गराएका छन् ।
१] सम्पूर्ण जातिय संस्थाहरुको कार्यक्रमहरुमा महासंघले निम्न प्रकारको ब्यानर राखिने छ l “सम्पूर्ण प्रवासी आदिवासी जनजातिहरु एक हौँ । ” नेपाल आदिवासी जनजाति महासंघ युएई स्था: २००७ लोगो र झण्डा “आदिवासी जनजाति महोत्सव युएई २०१३-१४” आवद्ध संस्थाहरुको पहिचान झल्किने तस्बिर र यो अवधिमा पर्ने पर्वको नाम अंकित हुनेछ । यो ब्यानर २/३ वा ३/४ फितमात्रै हुनेछ ।
२] महासंघले प्रत्येक कार्यक्रममा सम्बन्धित संस्थाले सिफारिस गरेको व्यक्तिलाई सम्मान गर्ने ।
३] अन्तमा महासंघले संग्युक्त कार्यक्रम “आदिवासी जनजाति महोत्सव युएई २०१३-१४” समापन कार्यक्रम गरि यस वर्षको महोत्सव पनि समाप्त भएको घोषणा गर्ने । खुल्ला पार्कमा गरिने यो कार्यक्रममा आदिवासी झाँकी प्रस्तुत, छेलो हान्ने, धनुकाँड हाने, लँग जम्प, डण्डी बियो, टपरी बुन्ने र अन्य नेपाली संस्कृतिमा आधारित खेल तथा रमाईलो चलनहरुभए जातिय संस्थाहरुले पर्दशन गर्न सक्ने । सम्भव भए जाजीय संस्थाहरुको स्टल राख्ने, भेषभुषा र खानपिनको परिकार पनि राख्ने ।
४] सोहि कार्यक्रममा सम्पूर्ण आवद्ध संस्थाहरुलाई अवद्धाताको प्रमाण पत्र प्रदान गर्ने ।
५] सम्भव भए नेपालबाट एक जना आदिवासी विदलाई उक्त कार्यक्रममा निम्त्याउने ।
महोत्सवको उद्येश्यहरु :-
१] यो पर्वको अवधिलाई हईलाईट गर्ने ।
२] विभिन्न जातिय संस्थाहरुले गर्ने आफ्नो आफ्नो कार्यक्रमहरुलाई महोत्सवको मार्फत एउटा साझा नाम पनि दिने ।
३] महासंघले महोत्सवको मार्फत सबै कार्यक्रमहरुको प्रचार प्रसार गर्ने l
४] हामी सम्पूर्ण आदिवासी जनजातिहरु एक हौँ र यी सबै पर्वहरु हाम्रो आफ्नै पर्व हो भन्ने भावनाको विकाश गर्ने ।
५] आवद्ध संस्थाहरुको विचमा आपसी प्रतिस्पर्दा भन्दा सहकार्यको विकाश गर्ने ।
६] महोत्सव यसै वर्ष देखि महासंघको अनिवार्य कार्यक्रमको रुपमा प्रत्यक वर्ष मनाउने ।
७] महासंघको एकता र शक्तिलाई अझ मजबुत रुपमा स्थापित गरि प्रदर्शन गर्ने ।
८] महासंघको घोषित उद्येश्यको बारेमा विदेशमा रहेका नेपालीहरुको विचमा पनि प्रचार प्रसार गरि स्थापित गर्ने ।
युएइमा पहिलो पटक मनाउन लागिएको “आदिवासी जनजाति महोत्सव युएई २०१३-१४”मा सबै तह र तप्काका ब्याक्ति संस्घ सस्थालाइ महोत्सव सफल बनाउन गुरुङ्ले अनरोध गरेका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.