कठ्याङि्ग्रदो जाडोमा लगलग काँप्दै जेलको चिसो सिडीमा ३ वर्षे बालक
के हेर्दैछन् मानवधिकार र महिलाअधिकारवादीहरु?
तीन वर्षीय अभागी एक बालक पुसको चीसोमा जेलको चार दिवारभित्र कैद छन्।
बजारमा मानव अधिकार, बाल अधिकार र महिला अधिकारका वकालत गर्नेहरु न्यानो कपडा लगाएर पनि सिउसिउ गर्दै गफिन र मजाक उडाउन व्यस्त देखिन्छन्। विभिन्न एनजिओ, आइएन जि ओवाट डलरमा तलव खाने ती अधिकारकर्मीहरुका आँखा अझै पनि म्याग्दी कारागारमा पुगेका छैनन्
तर, यहाँका एक ३ वर्षे बालक पुसको कठ्याङि्ग्रदो जाडोमा लगलग काँप्दै जेलको चिसो सिडीमा घस्रदै रहेको दृष्य देख्नेहरुका लागि भने निकै टीठलाग्दो देखिन्छ।
म्याग्दी ताकम–३ का बालक यूकेस पुन म्याग्दी कारागारमा कर्तब्य ज्यानको मुद्धामा सजाय भुक्तान गरिरहेकी आमा प्रतिमा विकसँग जेलभित्र छन्।
यहाँ बालअधिकारका नारा घन्काउँने महिला तथा बालबालिका कार्यालयसहित अन्य संघसंस्थाहरु बाल दिवसको दिनमा सडकमा चर्को नारा लगाएर बजेट पचाँछन् तर यूकेसका बारेमा एक शब्द समेत बोलेका छैनन्।
संरक्षणको अभावमा आफ्नी आमसँग जेल जीवन विताउँन बाध्य छन्।
२०६७ साल साउन १० गते जन्मिएका विक कर्तब्य ज्यानको मुद्धामा सजाय भुक्तान गरिरहेकी प्रतिमा विकसँग कारागार भित्र जीवन बिताइरहेका छन।
'छोराको भविश्य देखेर चिन्ता लाग्छ'। समान्य शब्द्धबाहेक अरु केही जान्दैन' विकले भनिन्,'तपाईहरुको प्रयासमा यसलाई बालगृह वा अन्य सहयोगी संस्थासम्म लैदिनुहोस्।' उनले भनिन्।
कारागारभित्र रहेको महिला कैदीबन्दी गृहमा विभिन्न आरोपमा सजाय भुक्तान गरिरहेका ६ जना महिलासँग दैनिक रमाउने गरेका यूनिसका बुवा एकपटक पनि फर्किएर आएका छैनन्।
गर्भवती अवस्थामा जेठ २० गते जेल चलान भएकी प्रतिमाले साउन १० गते जेलमै यूनिसलाई जन्म दिएकी थिइन्।
कारागारमै जन्मिएका यूनिस पटकपट बिरामी भएपछि कारागार प्रशासनले काठमाण्डौ स्थानान्तर गरेको थियो। विस्तारै स्वास्थ्यमा सुधार आएपछि मंसिर १७ गते छिमेकी जिल्ला बागलुङबाट कारागारमा ल्याईएको कारागार प्रशासनले जनाएको छ।
बालक यूनिसका बुवाले दोस्रो विवाह गरेका छन्।
'विभिन्न संघसंस्थाको जिम्मा लगाउने प्रयास भइरहेको छ'। बाल अधिकारको संरक्षणमा लागेक संस्थासँग समेत कुराकानी भइरहेको छ' कारागार प्रमुख खगराज शर्माले भने।
यूनिसकी आमाको विवाह दर्ता तथा नागरिकतासमेत नभएकाले बालकको हेरचाह गर्न चाहने संस्थालाई आधिकारीक रुपमा बुझाउन समस्या हुने प्रशासनको भनाई छ।
खिमबहादुरसँग २०६५ सालमा विवाहबन्धनमा बाधिँएकी प्रतिमाको ५ बर्षको जेठो छोरा यूवराज विकलाई करिव दुईबर्ष पोखरास्थित एक गैरसरकारी संस्थाले शिक्षा सहित अन्य सुविधा उपलब्ध गराइरहेको छ।
कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैदको फैसला भएकोमा अझै १६ बर्ष कैद भुक्तान गर्न बाँकी छ।
बालअधिकारका चर्को नारा लगाउँदै बजेट पचाउने विभिन्न संघसंस्था आमाको दोषमा कारागार भित्र बाध्य भएर बस्नुपरेको यि बालकको उद्धारमा भने चासो देखाइरहेका छै्नन्।
0 comments
Write Down Your Responses