पिकनिकको लागि गएको बस दुर्घटना,५० विद्यार्थी घाइते, ५ जना गम्भीर

सिराहाको जनता उच्चमावि कमलपुरबाट उदयपुर तर्फ पिकनिक खान आउँदै गको बा २ ख रंगीला यातायातको बस बिहान ११ बजे दुर्घटना हुँदा ५० विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताए । दुर्घटनामा परेका मध्ये सत्यनारायण चौधरी, दिपेन्द्र दास, बलराम यादव, रामचरण बनार र सुन्तली कुमारीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।
घाइते सबैको लाहान स्थित नर्सिङ होममा उपचार भइरहेको छ । अग्रेजी नयाँ बर्षको अवसरमा बिद्यार्थी पिकनिक खान आएका हुन् । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses