महिलामाथि हुने हिंसाका घटना बढ्दो

पोखरा, १७ पुस । महिला हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) क्षेत्रीय कार्यालयद्वारा आज आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१४ को वार्षिक पूर्व समीक्षा गोष्ठीमा सन् २०१३ मा कास्की जिल्लामा ३१ जना महिला हिंसाबाट पीडित भएको जानकारी दिइयो ।
जिल्लामा भएका कुल ७६ वटा मानवअधिकार उल्लङ्घनका घटनामा १७४ जना पीडित भएको र त्यसमा महिलाको संख्या १०५ र रहेको पुस्तकमा उल्लिखित छ ।
धम्की÷कुटपिटका सातवटा घटनामा राज्यपक्षबाट पाँच र अन्यबाट दुई वटा भएका छन् । अभिव्यक्ति स्वतन्त्रता, भेला हुने, संगठित हुने अधिकारअन्तर्गत सातवटा घटनामा ३१ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाले बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले मानवअधिकार उल्लङ्घनका दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् सीता गिरी (ओली)ले मानवअधिकार उल्लङ्घनका दोषीलाई राजनीतिक संरक्षण दिन नहुने बताउनुभयो ।
नेपाली काँग्रेसका सचिव कृष्ण केसीले समाजमा हुने मानवअधिकार विरोधी घटनालाई न्यून बनाउन मानवअधिकार वर्ष पुस्तकले सहयोग पु¥याएको चर्चा गर्दै विगतका तुलनामा राजनीतिक क्षेत्रबाट हुने घटनामा कमी आएको विचार व्यक्त गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले वास्तविक मानवअधिकार उल्लङ्घनका भएको घटनाबारे स्पष्ट भएर विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै अनुगमनका क्रममा देखिएका सत्य, तथ्यलाई बाहिर ल्याउनुपर्छ भन्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.