रुपैयाँ लुटेर भाग्दै गरेका तीन लुटेरा हतियार सहित पक्राउ

सर्लाही १ फागुन । सर्लाहीको सेखौनाबाट तीन जना लुटेरा हतियार सहित पक्राउ परेका छन्। मलंगवा स्थित महालक्ष्मी बैकबाट पैसा निकालेर हरकठवा(पश्चिम) जाँदै गरेका जंगली महतो र उनकी श्रीमती गीता
महतोसँग रहेको रुपैयाँ लुटेर भाग्दै गरेका तीन जनालाई हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बुधबार साँझ सर्लाही मोतिपुर –३ का राजेश साह, दिनेश साह र खुटौना–६ का सुरज पासवानलाई हतियार सहित पक्राउ गरिएको हो। उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल, तीन राउण्ड गोली र बीआर३०ए७८३९ नम्बरको मोटसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए।बैकबाट १ लाख ११ हजार पैसा झिकेर जाँदै गर्दा महतोलाई बुधवार साँझ सेखौना गाविसको बकैनिया भन्ने स्थानमा तीनै जना हतियार देखाएर कुटपिट गर्दै रुपैया लुटेका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.