१० किलो सुनसहित ३ जना पक्राउ

चेकिङका क्रममा प्रहरीले सुनसहित पक्राउ गरेको तीनजनामा ३१ वर्षीय तीब्बती नागरिक कर्माछिरिङ शेर्पा, ४६ वर्षिय चिनियाँ नागरिक सीजङ घ्याम्पुङ र सवारी सिन्धुपाल्चोक घर भएका सवारी चालक जीमी शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि अहिले थप अनुसन्धान भइरहेको बताइएको छ ।
पछिल्लो समय नेपाल भएर सुन तस्करी गर्न तस्करहरु आकर्षीत भएका छन् । प्रहरीका अनुसार भारतले सुन आयातमा कढाई गरेपछि नेपाल भएर सुन तस्करी गर्न तस्करहरु आकर्षित भएका हुन् । नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै तस्करहरुले चीनबाट नेपाल हुँदै भारतमा लगेर सुन बेच्ने गर्छन् ।
0 comments
Write Down Your Responses