यस्तो रह्यो मन्त्रीहरुको सपथ ग्रहण

प्रकाश लामा काठमाडौ, 
सुशील कोइरालाले प्रधानमन्त्रीमा निर्वाचित भएको दुई साता पछि मन्त्रिपरिषद्को विस्तार गरेका छन् ।
कांग्रेस र प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री कोइरालाले आज राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परामानन्द झा, सभामुख सुबासचन्द्र नेम्बाङलगायत विसिष्ट अतिथिका साथ सपथ ग्रहण गराएका हुन् ।
 मन्त्रिपरिषद्मा कांग्रेसतर्फबाट एक राज्यमन्त्रीसहित ११ र एमालेबाट १० सदस्य छन् ।
 बिना बिभागीय मन्त्रीको रुपमा यसअघि नै सपथ ग्रहण गरिसकेका रामशरण महत बाहेकका नव नियुक्त १८ मन्त्रीले मंगलबार सपथ ग्रहण गरेका हुन्। हेर्नुहोस् सपथ ग्रहणका केही झलकहरु तस्विरमा।

0 comments

Write Down Your Responses

Powered by Blogger.