नेपाली कामदारहरु काम छोडेर हड्तालमा

सम्झौता पत्र विपरित होस्टेल चार्ज भन्दै मासिक १५०RM काट्ने, एउटै कोठामा २० देखी ३० जनासम्म कोचिएर बस्नुपर्ने त्यहाँ कार्यरत कामदार्ले बताए । बिरामी हुँदापनि आफुहरुले उपचार नपाएको र बिरामी भएर एकदिन काममा जान नसक्दा २ दिनको तलब काटिदिने गरेको कामदारहरुको गुनासो छ । नेपालमा हुँदा सिधै कम्पनी हो भनेर ढाँटेर यहाँ ल्याएर मा फसाइएको कामदारहरुको आरोप छ
उनिहरु काठमाडौंको चाबहिलमा रहेको कारीयर म्यानपावर सर्भिसेज मार्फत एक वर्षअघी यहाँ आइपुगेका हुन् । एक वर्षसम्म आफुहरुले आफ्नो माग राख्दै आएपनि कम्पनीले वेवास्ता गरेकोले आफुहरु बाध्य भएर काम छोडेर बस्नु परेको उनिहरुले बताए ।उता, आफ्ना गुनासा राख्न म्यान पावरमा फोन गर्दा उल्टै धम्की आउने गरेको उनिहरुले बताए । आफुहरु लाई सम्झौता अनुसारको सेवासुबिधा दिनुपर्ने उनिहरुको माग छ । माग पुरा नभए सम्म कुनै हालतमा काममा नफर्कने उनिहरुको अडान छ ।
0 comments
Write Down Your Responses