डन दीपक मनाङ्गे फुटबल हेर्दाहेर्दै पक्राउ

मनाङ मर्स्याङ्गदी र पुलिस क्लबबीचको फुटबल खेल हेर्न राजधानीको दशरथ रंगशाला पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ ।रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अभियान चलाएको छ । खरेलले गुण्डागर्दी र आपराधिक गतिविधिलाई परास्त गरेरै छाड्ने बताउँदै आएका छन् । उनको घोषणा अनुसार अहिलेसम्म दर्जनौं गुण्डा र तिनका नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
मनांगे यसअघि पनि पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।मनाङेलने काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाई अपराधिक गतिविधि गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses