Nepali News
»
मनकामना केबुलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको निधन
मनकामना केबुलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको निधन

२ फागुन, काठमाडौं । नेपालमै पहिलोपटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा ल्याएका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन भएको छ । भारतको दिल्लीस्थित मेदान्त हस्पिटलमा बिहीबार साँझ श्रेष्ठको
उपचारको क्रममा निधन भएको हो । ७६ बर्षीय श्रेष्ठ मधुमेह तथा मृगौला रोगले पीडित थिए।
उनको शबलाई शुक्रबार नेपाल ल्याइने बताइएको छ । श्रेष्ठका ३ छोरा र एक छोरी छन्। केबुलकार संचालक श्रेष्ठले यसको अलवा जलविद्युत र वित्तीय क्षेत्रमा पनि लगानी गर्दै आएका थिए ।
0 comments
Write Down Your Responses