बालगृह सञ्चालकलाई यौनशोषणको मुद्दामा ८ वर्ष कैद

काठमाडौ, फागुन १९ 
जिल्ला अदालतले यौनजन्य हिंसामा दोषी ठहर गरी बालगृह सञ्चालक विष्णु पराजुलीलाई ८ वर्ष कैद सजाय सुनाएको खबर आजको कान्तिपुरमा छापिएको छ।
चपली भद्रकाली ९ स्थित' मर्निङ स्टार चिल्ड्रेन च्यारिटी' बालगृह सञ्चालककी पत्नी मुनालई पनि २ वर्ष ६ महिना कैद र दुबैलाई ५०/५० हजार रुपैयाँ जरिमान हुने भएको छ। जिल्ला अदालतका न्याधीश अच्युत अधिकारीले श्रीमानलाई बलात्कार गर्न सहयोग गर्ने श्रीमतीलाई समेत दोषी ठहर गरेका हुन्।
'महिलाले यौन कार्यमा सहयोग गरेको भन्दै बलात्कारको मुद्दामा महिलालाई दोषी ठहर्‍याएको यो पहिलो मुद्दा हो,' यो मुद्दा हेरिरहेका अधिवक्ता रुपनारायण श्रेष्ठले भने,' यसअघि बलात्कारको मुद्दामा महिलालाई सजाय भएको थाहा थिएन।'
पराजुलीले आफ्नै बालगृहमा आश्रय दिएका ५ बालिकामाथि यौनशोषण गरेको र पराजुली पत्नीलाई श्रीमानलाई यौनशोषण गर्न सहयोग गरेको भन्दै २०६९ वैशाख ५ मा मुद्दा परेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.