एनआरएन बेल्जियमको महिला समिति बिस्तार

बेल्जियम । महिलालाई एकढिक्का बनाउँदै सामुहिक रुपमा महिलाहरुका समस्याहरुसँग जुध्नको लागि
यशोदा थापा सुबेदीको संयोजकत्वमा एन आर एन ए महिला समिति बेल्जियमको बिस्तार गरिएको छ । नारी दिवसको अवसरमा बिस्तार गरिएको समितिका सदस्यहरूमा सरु गुरुङ, योगिता थापा, रैना बस्नेत,रमिता थापा, मुना के सि,मिना राइ, पूजा, निमा शेर्पा,बिष्णु गुरुङ र मिना केसी रहेका छन् ।यसैगरी सल्लाहकारमा लीला शर्मा मानन्धर, पुजा प्रधान,  अनिता लामा, जुना निरौला, देबी अधिकारी, दुर्गा गुरुङ, इशा गुरुङ-चन्दा , कल्पना मगर,निर्मला बजगाइँ,हरिकला भट्टराई ,इस्वरा शर्मा, भगवती गौतम छन् ।  अन्यलाई आवस्यकता अनुसार क्रमश थप गर्दै लगिने संयोजक यसोदा थापाले जानकारी  दिइन् ।
अनिता पोख्रेल नेपाली राजदूतावसको तर्फबाट पदेन सम्मानित परिबेक्षक सदस्य रहने कुरा समेत सम्बन्धित संस्थाले प्रस्ट पारेको छ । स्पेनमा हुन गैरहेको स्पेन महिला भेलालाई मध्यनजर गर्दै जान इच्छुक महिला दिदी बहिनीहरुले समयमै नाम टिपाउन समेत संयोजक थापाले अनुरोध गरेकी  छन्  ।

0 comments

Write Down Your Responses

Powered by Blogger.