मलेसियाबाट ८ सय अबैधानिक कामदारलार्इ स्वदेश फर्काइने

रामचन्द्र नेपाल
१ चैत, क्वालालम्पुर । मलेसियास्थित नेपाली दूतावासले प्रत्येक महिना आठ सय अवैधानिक नेपाली
कामदाराई नेपाल फर्काउने भएको छ । यसअघि दूतावासले महिनाभर दुई सयका दरले अबैधानिक कामदारलाई स्वदेश पठाउँदै आएको थियो ।
मलेसियावाट हप्तामा पचास जनालाई मात्रै अध्यागमन कार्यालयमा लगेर आउट पासको ब्यवस्था मिलाइएकोमा अव भने हप्तामा दुई सय अबैधानिक नेपालीहरु कामदार अध्यागमन कार्यालयमा पुग्ने छन् ।राजदूत डा.निररन्जन मान सिंह वस्न्यातले अनलाइनखबरसँग कुराकानी गर्दै मलेसियाका अध्यागमन विभागसँगको लामो छलफलपछि प्रत्येक महिना आठ सय अवैधानिक नेपाली कामदारलाई स्वदेश पठाउने व्यवस्था गर्न सफल भएको बताए ।
हाल नेपाल फिर्तिको पखाईमा नेपाली दूतावासबाट यात्रा अनुमति पत्र लिएर वसेका नेपालीहरुको संख्या करिव ७ हजार भन्दा धेरै छ । नेपाली दूतावास मलेसियाले कोही पनि अवैधानिक अवस्थामा नवस्न र सधै दूतावासको सम्पर्कमा वस्न सवैलाई पटक-पटक आग्रह गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.