कोरियामा उजुरी गर्दा पनि तलब पाउँदैनन् नेपाली कामदारले
सउल । दक्षिण कोरियामा काम गर्ने ८० प्रतिशत नेपालीहरुको उजुरी उपदान र तलब नपाएर पर्ने गरेको छ मानव संम्साधन विभागद्वारा सञ्चालित तथा निजी क्षेत्रका विदेशी मजदुर सहयोग केन्द्र र नेपाली दूतावास कोरियाको रेकर्टमा कोरियामा काम गर्ने नेपालीहरू मध्ये ८० प्रतिशतले उपदान र तलब नपाएर उजुरी गर्न आउने गरेका हुन् ।‘पसिना बगाएर काम गरे मालिकले तलब दिँदैन । माग्दा उल्टै तथानाम गाली गर्छ, तीन महिनाको पसिना खेर जाने भयो । न्याय पाउ हजुर भन्दै काठमाडौका राजिव बस्नेतको उजुरी नसकिँदै त्यही ब्यवहोराको आपत्ति लिएर रामेछापका सागर न्यौपाने कोरियाको सुवन विदेशी सहयो केन्द्रमा पुग्छन् र न्यायको प्रतिक्षामा बस्न बाध्य भएका छन् ।
यस्तै प्रकारका उजुरीहरु किमे माईग्रेन्ट हाउस, छनान विदेशी सहयोग केन्द्र लगायतका सहयोगी निकायहरुमा नेपालीहरूले लिएर जाने गरेका छन् । कोरियामा राजिव र सागरमात्र होइन उपदान र तलब नपाउनेको सङ्ख्या अत्याधिक बढ्न थालेको किमे माईग्रेन हाउसका अध्यक्ष यज्ञ राज सुबेदीले वताए ।
सुबेदीका अनुसार उक्त सहयोग केन्द्रमा न्यायको लागि आउनेहरु मध्ये ८० देखि ९० प्रतिशतले तलब र उपदानका उजुरी लिएर आउने गरेका छन् । कोरियामा कोरियन कानुनको ज्ञान भएका नेपालीहरू मध्ये चिनिएका सुबेदीसंग दैनिक दर्जन बढी नेपालीहरूले उक्त प्रकृतिका मुद्धाहरु लिएर जाने गरेका छन् । जस मध्ये धेरैले हप्ता दिन देखि तीन महिना भित्र रकम पाउने गरेका छन् भने कतिपयको मुद्धा श्रमिक अदालतमा चिलिरहेको सुबेदीले बताए । दुई वर्ष पुगिसक्दा पनि अझै फैसला हुन नसकेको प्रेम नाम गरेका एक नेपालीको मुद्धा कोरियामा नेपालीहरूको सबै भन्दा लामो समयसम्म रहेको मुद्धा भएको सुबेदीले जानकारी दिए । प्रेमले दुई महिनाको तलब पाएका छैनन् । कोरियामा नेपालीहरूलाई कानुनी उपचारमा सहयोग गर्ने नेपाली निकायहरू कम हुँदा दु:ख झेल्नु परेको सुबेदीको भनाई थियो ।
नेपाली दूतावासमा चाँहि किन जाँदैनन् त उजुरी गर्न ? भन्ने प्रश्नमा सुबेदीले भने,’पहिलो कुरा भाषाको अनबिज्ञता र दूतावासमा भएका कोरियन कर्मचारीले राम्रो सेवा दिन नसकेको, दोस्रो कुरा पीडितले दूतावासमा कुरा राख्न भाषा अनुवादक नहुँदा कठिनार्इ भएको र दूतावासमा क्षमिकहरुको बिदाको दिन आइतबार खुल्ला नहुँदा आपत्ति राख्न जान नसक्ने हुँदा दूतावासमा कम मुद्धा र आपत्ति जाने हो । ‘
यसैगरी सुवन माईग्रेन्ट सेन्टरमा आउने पीडितहरु मध्ये ७० प्रतिशत तलब र उपदान नपाएर आउने गरेको सेन्टरका नेपाली प्रतिनिधि योएल थापाले बताए । सो सेन्टरबाट दर्जनौले न्याय पाईसकेरको र तीन दर्जन बढीको मुद्धा श्रमिक अदालतमा चलिरहेको थापाले बताए ।
उता छनान विदेशी सहयोग केन्द्रमा समेत तलब र उपदान नपाउने नेपालीहरूको समस्यामा एक्कसी वृद्धि भएको गीता राईले जानकारी दिइन् । नेपाली दूतावास कोरियामा नेपाली श्रमिकहरुका समस्या आउने गरेपनि यस किसिमका समस्या कम आउने गरेको श्रमसहचारी अनिल गुरुङले बताए ।
0 comments
Write Down Your Responses