मलेसिया एयरलाइन्सको विमान अझै बेपत्ता

भियतनामी विमान सेवाले समुन्द्रको दुई स्थानमा तेलको ठूलो धब्बा देखिएको जनाएपनि पुष्टि हुन सकेको छैन । खोजीमा २२ विमान र ४० नौसैनिक पोत जुटेका छन् । विमान खोज्नकै लागि अमेरिकाले पनि विशेष जहाज भियतनामको दक्षिणी तटतर्फ पठाएको छ ।
अनुसन्धानकर्ताहरुले चोरीको पासपोर्ट लिएर विमानमा चढेका दुई यात्रुको सीसीटिभी फुटेज जाँच गरिरहेको जनाएका छन् । विमानमा यात्रा गर्न टिकट बुकिङ गरेर पनि नचढेका यात्रुबारे पनि खोजी भैरहेको छ ।शनिबार उडान भरेको दुई घण्टामै बेपत्ता भएको उक्त विमानमा चालक दलका १२ सहित २३९ जना थिए । शुक्रबार रातको १२ बजेर ४१ मिनेटमा क्वालालाम्पुरबाट उडान भरेको बोइङ ट्रिपल सेभेन विमान शनिबार बिहान २ बजेर ४० मिनेटदेखि सम्पर्क बिच्छेद भएको हो ।
एसियाकै ठूलो विमान कम्पनी मलेसिया एअरलाइन्स मलेसियाको सरकारी विमान कम्पनी हो । यो कम्पनीले विश्वका विभिन्न ८० स्थानमा ३७ हजार यात्रुलाई दैनिक उडान सेवा दिंदै आएको छ । (एजेन्सी)
0 comments
Write Down Your Responses