धरानमा लागुऔषधसहित एकजना पक्राउ

सुनसरी, फाल्गुन ३० । ठूलो परिमाणमा लागु औषधसहित विराटनगरका अजयकुमार शर्मालाई प्रहरीले पक्रेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द्र रिजालका अनुसार भारतको जोगवनी
नाकाबाट विराटनगरहुँदै धरानतर्फ जाँदै गरेका अजयलाई प्रहरीले धरानको तीनकुनेबाट पक्राउ गरिएको हो ।
अजयको साथबाट ५० बोतल कोरेक्स र एक हजार ४ सय ४० क्याप्सुल स्पास्मो प्रोक्सिभन, एक थान मोवाइल बरामद गरिएको हो । जोगवनीबाट धरान ल्याई लागु औषध विक्री गर्नेको गिरोह सक्रिय रहेको सुराकीका आधारमा प्रहरीले अजयलाई पक्रेको रिजालले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.