बेपत्ता जहाज अन्डमानतर्फ लगिएको आशंका, अपहरण भएको हुनसक्ने
छ दिनदेखि बेपत्ता मलेसियन एयरलाइन्सको जहाज निर्धारित रुटभन्दा सयौं किलोमिटर टाढा लगिएको
हुनसक्ने आशंका सैनिक राडारले गरेको छ। योसँग जहाज अपहरण भएको वा जानिजानी दुर्घटना गराइएको हुनसक्ने सम्भावना बढेको छ।
प्राप्त सूचनाअनुसार २ सय ३९ यात्रु चढेको जहाज निर्धारित रुटभन्दा पश्चिमतर्फ सामान्यतया: युरोप वा मध्यपूर्व उड्ने रुटतिर उडेको थियो।
अनुसन्धानमा संलग्न अधिकारीहरुले रोयटर्सलार्ई बताएअनुसार मलेसियाको उत्तरपश्चिमी किनारमा सेनाको राडारले अन्तिमपटक फेला पार्दा उक्त जहाज सामान्यतयाः उडाइने रुटभन्दा फरक बाटोबाट उडाइँदै थियो। अनुसन्धानकर्ताको शंकाअनुसार उक्त जहाज अन्डमान टापुतर्फ उडाइँदै थियो। अनुसन्धानकर्ताले उक्त जहाजको रुट कि पाइलट आफैं वा जहाज उडाउन जान्नेले परिवर्तन गराएको आशंका गरेका छन्। जहाज उडाउन जान्ने आफैंले जानिजानी रुट परिवर्तन गरेको अनुसन्धानकर्ताले दाबी गरेका छन्।
जानिजानी दुर्घटना वा अपहरण
मलेसियन प्रहरी अधिकारीले बेपत्ता मलेसियन जहाजलाई ‘जानिजानी दुर्घटना गराइएको वा अपहरण गराइएको’ हुने सम्भावना औंल्याएका छन्। पछिल्लो प्रमाणका आधारमा अन्डमान समुद्र र हिन्द महासागरतर्फ बेपत्ता जहाजको खोजीकार्य तीव्र पारिएको छ।
0 comments
Write Down Your Responses