कंगोमा नेपाली सेनाको गाडीमाथि आक्रमण, पाँच घाइते

काठमाडौं, २० फागुन । द्वन्द्वरत मुलुक कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको गाडीमाथि
अज्ञात सशस्त्र समूहले आक्रमण गर्दा पाँच जना नेपाली सेना घाइते भएका छन्
त्यहाँस्थित बेनी सहरमा तैनाथ नेपाली सेनाको मुख्यालयभन्दा छ सय मिटर दक्षिणमा सशस्त्र समूहले सोमबार राति नेपाली सेनाको गाडीमाथि ग्रिनेट प्रहार गर्दा उनीहरू घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घाइतेहरूको नाम उल्लेख गरिएको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.