कुखुरा बोकेको जिप दुर्घटना,२ जनाको मृत्यु
सुर्खेतको रतु–७ गोरुगुरेमा कुखुरा बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
आज सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट सुर्खेतकै मटेलातर्फ बोइलर कुखुराका चल्ला लिएर जादै गरेको बा
६ च ६६१० नम्बरको जिप गोरुजुरेमा दुर्घटना भएको हो।
दुर्घटनामा परी चालक मोहन वली र मटेलाका करसिंह नेपालीको घटनास्थलमै मृत्यु भएको छ। सोही जिपमा रहेका लाटिकोइली—७ का दलबहादुर रावल घाइते भएका छन्। जिप सडकबाट करिब ५ सय मिटर चल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक लक्ष्मण शाहीले जानकारी दिए।
0 comments
Write Down Your Responses