लोडसेडिङ, महंगी, भ्रष्टाचार र कालोबजारी अन्त्य गर्न हस्ताक्षर अभियान
खोटाङमा बढ्दो लोडसेडिङ, महंगी, भ्रष्टाचार र कालोबजारीलाई लक्षित गर्दै यूवा संघ खोटाङले अँध्यारो बिरुद्धको यूवा अभियान सम्पन्न गरेको छ।
जिल्लामा बढ्दो लोडसेडिङ, महंगी, भ्रष्टाचार र कालोबजारीका बिरुद्धमा शनिवारदेखि सदरमुकाम दिक्तेलको हाटडाँडाबाट हस्ताक्षर संकलन गर्दै दिक्तेल बजार भरीका र गाँउबाट दिक्तेल बजार आएकाहरुले समेत हस्ताक्षर अभियानमा संलग्न रहेको यूवा संघका केन्द्रीय सचिव रमेश पौडेलले बताए।लोडसेडिङ, महंगी, भ्रष्टाचार र कालोबजारीका बिरुद्धमा तीन दिनसम्म हस्ताक्षर संकलन गरेर आज प्रधानमन्त्री कार्यालय समक्ष पठाइने तयारी भईरहेको यूवा संघका जिल्ला संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए।
लोडसेडिङ, महंगी, भ्रष्टाचार र कालोबजारीलाई निरुत्साहित गर्नकालागि यस्तो अभियान थालिएको सचिव पौडेलले बताए।
0 comments
Write Down Your Responses