सुरुङभित्र अड्किएका पाँचजना कामदारको सकुशल उद्धार

काठमाडौं, ३० फागुन । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र अड्किएका इखबहादुर बुढासहित पाँचजना कामदारलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त सुरुङमा शुक्रबार बिहान २:०० बजे विद्युत् प्रवाह (करेन्ट सर्ट) हुँदा त्यहाँ काम गर्ने मजदुर अड्किएका र बाहिरबाट उद्धार गर्न जानसक्ने अवस्था पनि नरहेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएका टोलीले ३:४०  बजे उनीहरूलाई उद्धार गरेको हो ।
छ सदस्यीय उक्त टोलीले सबैलाई सकुशल उद्धार गरेको उक्त वृत्तले जनाएको छ ।
यसैबीच सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको निचुता–७ का लालबहादुर महतो र तेलगाह–३ का रामचन्द्र शाहलाई २५ ग्राम ब्राउनसुगरसहित चावहिलबाट पक्राउ गरेको छ ।
त्यस्तै कैलालीको जुगेडा गाविस निवासी किरण थापासहित तीनजना रेडपाण्डाको छाला बिक्री गर्न हिँडेको अवस्थामा त्रिदेवीमार्गस्थित कर्मचारी सञ्चय कोष भवन अगाडिबाट पक्राउ परेका छन् ।
अभियुक्त सबैलाई हिरासतमा राखेर आवश्यक कारबाही थालिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.