प्रेम जोगाउन बन्दनाले हालिन् आफ्नै बाबुविरुद्ध मुद्धा
परिवारको सहमति विना रोशनकुमार यादवसँग विवाह गरेकी धनुषा ७ की बन्दना यादवले बाबु योगेन्द्रविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले समेत हालै मात्र अर्को आदेश जारी नहुँदासम्म निवेदकलाई पक्राउ नगर्न आदेश दिएको छ ।
बन्दनाले सर्वोच्चमा दिएको निवेदन अनुसार बाबुले उनलाई पढ्न काठमाडौं मैतिदेवीस्थित दिदी भिनाजुसँग राखेका थिए । तर, भिनाजुले अनुचित व्यवहार गरेको भन्दै उनले निवेदनमा भनेकी छन्-’मैले आफ्नो पिताजीलाई मलाई भिनाजुको घरमा नराखी आफ्नो संरक्षणमा नलिए मेरो सतित्वको रक्षा हुन नसक्ने भएकाले म बाध्य भएर भाग्नु पर्ने कुराफोनमा अनुरोध गर्दा कुनै सुनुवाइ भएन ।’
भिनाजुको व्यवहारका कारण आजित आफूलाई सिरहा बिध्यागनर २ का रोशनकुमार यादवले सान्त्वना दिएको र उनैसँग प्रेम गरेको भन्दै उनले आफैंले बिहेको प्रस्ताव राखेको उल्लेख गरेकी छन्
रोशनले केही समय पर्खन भनेको तर, आफूले विवाह नगर्ने हो भने आत्महत्या गर्ने बताएपछि गत असोजमा सप्तरीको राजविराजस्थित राजदेवी मन्दिरमा विवाह गरेको बन्दनाले बताएकी छन् । विवाह पश्चात बाबुको धम्कीकै कारण रोशनले समेत घरमा भित्र्याउन आनाकानी गरेको भन्दै उनले सप्तरी जिल्ला अलदातमा नाता कायम मुद्दा समेत दायर गरेकी छन्, जुन विचाराधिन छ ।
हाल रोशन र उनको परिवारको स्वीकार गरेको भन्दै बन्दनाले निवेदनमा आफूहरुलाई छुटाउन माइती पक्षले अपहरण गर्ने र जवर्जस्ती अर्कैसँग विवाह गराउने प्रयास गरेको भन्दै बाबुविरुद्ध मुद्दा दायर गरेकी छन् ।
आफूले इच्छा अनुसार विवाह गरेको भएपछि माइतिपक्षले परिवारका अन्य सदस्यलाई झुटा मुद्दा लगाएको भन्दै उनले आफू र आफ्नो पतिको जीवन रक्षाको माग गरेकी छन् ।
0 comments
Write Down Your Responses