बैंक अगाडिबाट साढे ८ लाख लुटेर भाग्दै गरेका दुई पक्राउ हरि शर्मा

नवलपरासी, फाल्गुन २६ । नवलपरासीको सदरमुकाम परासीमा कारभित्र राखेको रकम लुटेर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी, रामनगर– १ भुमहीका लेखनाथ खरेलले परासीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट साढे ८ लाख रुपैयाँ झिकेर कारभित्र राखी केही पर पुगेका थिए खरेल काम विशेषले
अलि पर पुगेकोमा भारत सिलगुढीका १८ वर्षीय दलदास र १३ वर्षीय शम्भु दासले कारको सिसा फुटाएर रकम लुटेका थिए ।
रकम लुटिएको थाहा भएपछि भाग्दै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.