नेपाल प्रवेश गरेर भारतीय प्रहरीले ‘मोस्ट वान्टेड’ समात्यो हरि शर्मा

नवलपरासी, फाल्गुन २६ । भारतीय प्रहरीले आज नेपाल प्रवेश गरेर एक जनालाई पक्रेर भारत लगेको छ । भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका नवलपरासी कुडिया ९ का रामचन्द्र मल्लाहलाई पक्रेर भारत लगिएको हो ।
लामो समयदेखि कुडियामा बस्दै आएका मल्लाहलाई आज बिहान ६–७ जनाको सादा पोशाकमा आएका भारतीय प्रहरीले पक्राउ गरेका हुन् । भारतीय प्रहरीले मल्लाहलाई बुझाउन पटक–पटक नेपाल प्रहरीसँग आग्रह गर्दै आएको थियो ।
भारत बिहारको पश्चिम चम्पारनको वेतिया जिल्ला चुडिहार गाउँ घर भएका मल्लाह ३० वर्षदेखि परिवारसहित कुडियामा बस्दै आएका थिए ।
नेपाल प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको जनाएको छ । भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका १० जनाभन्दा बढी भारतीय कुडियामा बस्दै आएका छन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.