संविधानसभाको दिन गिन्ती सुरु भयो : मन्त्री खड्का

संविधानसभा निर्वाचनताका सबै राजनीतिक दलले वर्ष दिनभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै मन्त्री खड्काले राजनीतिक दलहरुले चाहेको खण्डमा समयमै संविधान जारी हुने दाबी गर्नुभयो ।
संविधान जारी भएपछि विकास निर्माणका ढोका खुल्ने र राष्ट्र समृद्धितर्फ लम्कने बताउँदै उहाँले यस पटक पनि संविधान जारी नभए मुलुकको राष्ट्रियता नै खतरामा पर्नेतर्फ सबै राजनीतिक दल सचेत हुनुपर्ने बताउनुभयो ।
अहिले नेपाल राजनीतिक परीक्षणको घडीमा रहेको भनाइ उहाँको थियो । “पटकपटक संविधानसभाको निर्वाचन गर्ने हामी फेरि पनि संविधान जारी गर्न नसक्ने अवस्थामा पुगे त्यो निकै लज्जास्पद काम हुनेछ,” मन्त्री खड्काले भन्नुभयो ।
एक अर्को प्रसङ्गमा मन्त्री खड्काले एकीकृत नेकपा (माओवादी) लगायतका दल पनि वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो । संविधान जारी नहुँदासम्म संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सरकारमा सहभागी हुनुपर्ने भनाइ उहाँको थियो । सबै दलको सहभागितामा सरकार निर्माण गरी जति सक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्न लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।
0 comments
Write Down Your Responses