Crime
»
आफ्नै बाबुलाई गोली हान्ने युवकलाई जेल चलान
आफ्नै बाबुलाई गोली हान्ने युवकलाई जेल चलान

महोत्तरी, २६ फागुन । आफ्नै बाबुलाई दुई पटक गोली हानी हत्याको प्रयास गरेका एक युवकलाई आज जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । यसरी जेल चलान हुनेमा जिल्लाको
कोल्हुवा बगेया गाविस–६ बस्ने वर्ष ३० का दीपु भनिने विमलेन्द्रकुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शर्मालाई जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश अशोककुमार बस्नेतको इजलासबाट पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश भए अनुसार जेल चलान गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताएका छन् ।
अभियुक्त युवक शर्मा आफ्नै बुबा रामजिनिश शर्मालाई २०६९ साउन २९ गते र कात्तिक २७ गते गरी दुई छुट्टाछुट्टै मितिमा गोली हानी हत्याको प्रयास गरेका थिए । तर उनी दुवै पटक सामान्य घाइते भई बाँच्न सफल भएका थिए । बाबुलाई गोली हानी हत्याको प्रयास गरेर फरार रहेका युवक शर्मा जिल्ला प्रहरीको सर्वाधिक खोजी सूचीमा रहँदै आएको थियो । जिप्रका महोत्तरीको विशेष प्रहरी टोलीले उनलाई माघ २७ घरैबाट पक्राउ गर्न सफल भएको थियो
0 comments
Write Down Your Responses