विश्वका धनीहरुको सूचीमा विनोद चौधरी १४ सय ६५ औं स्थानमा

विश्वका १६ सय ४५ धनीहरुको सूचीमा परेका एक्ला नेपाली विनोद चौधरी १४ सय ६५ औं स्थानमा छन् । ५८ वर्षीय चौधरीसँग १.१ बिलियन डलर सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । गत वर्ष १४ सय २६ जना अर्बपतिहरुको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा थिए ।
चार वर्षपछि विश्वका अर्बपतिहरुको सूचीको शीर्ष स्थानमा फर्किए बिल गेट्सको सम्पत्ति ७६ अर्ब डलर अनुमान गरिएको छ । २०१३ मा उनको सम्पत्ति ६७ अर्ब डलर अनुमान गरिएको थियो । फोर्ब्सका अनुसार पछिल्लो २० वर्षमा गेट्स सर्वाधिक १५ पटक विश्वको सर्वाधिक धनी बनिसकेका छन् ।फोर्ब्सको सूचीको शीर्ष ५० मा भारतका मुकेश अम्बानी पनि परेका छन् । ४० औं स्थानमा रहेका उनको सम्पत्ति १८ अर्ब ६० कारोड डलर रहेको अनुमान गरिएको छ ।
अर्बपतिहरुको सूचीको शीर्ष २० मा परेकाहरुको सम्पत्ति ३१ अर्ब डलरभन्दा बढी छ । जब कि गत वर्ष शीर्ष २० मा पर्न २३ अर्ब डलर सम्पत्ति पर्याप्त थियो ।
अर्बपतीहरुको सूचीमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् । उनको सम्पत्ति २८ अर्ब ५० करोड डलर अनुमान गरिएको छ, जुन गत वर्षको भन्दा दोब्बर हो । यो पटक अर्बपतिहरुको सूचीमा फेसबुकका सीईओ शेरिल पनि समावेश भएका छन् । हृवाट्स एपका संस्थापक जैन कुआम र ब्रायन एक्टनको नाम पनि यो सूचीमा छ ।
फोर्ब्सले जारी गरेको अर्बपतिहरुको सूचीमा सबैभन्दा बढी अमेरिकाका ४ सय ९२ जना छन् । युरोपबाट ४ सय ६८ तथा एशियाबाट कुल ४ सय ३३ जना छन् ।
0 comments
Write Down Your Responses