ट्रक दुर्घटनामा दुईको मृत्य, ३३ घाइते

उनीहरुको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्याङ्जा घर भएका पूर्णबहादुर राना र ठेगाना नखुलेका महेश श्रेष्ठ रहेका छन् ।
सो ट्रकमा एकवर्षे तालिम पूरा गरी पासिङ आउटका लागि पोखरा जाँदै गरेका सशस्त्र प्रहरी सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक बेदनाथ भण्डारीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses