कुम्भ कलश यात्राको शुभारम्भ
गौरवसँग जोडिएको धार्मिक कुम्भ मेलालाई पूर्ण रुपमा सफल तुल्याउनु नेपाल सरकारको पनि मुख्य दायित्व रहेको बताउनुभएको छ ।
सुनसरी जिल्लाको धार्मिक तीर्थस्थल पीण्डेश्वरमा आयोजित धार्मिक कार्यक्रममा सञ्चार मन्त्री डा रिजालले सुनसरीको बराहक्षेत्रमा लाग्ने दोस्रो पूर्ण कुम्भ मेलाको प्रचारप्रसारका क्रममा शुभारम्भ भएको कुम्भ कलश यात्राको पूर्ण सफलताको कामनासहित सो यात्राको शुभारम्भ पूजनसमेत गर्नु भएको छ । सो अवसरमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, डा कृष्णदासजी महाराज तथा अन्य धार्मिक गुरुको पनि सहभागिता रहेको थियो ।
हजाराँै हिन्दू धर्मावलम्वीहरुको सहभागितामा पीण्डेश्वर शिवालयमा कुम्भ घडाको विधिपूर्वक पूजनपछि जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ कलश यात्राको अगुवाइ गर्नु भएको छ ।
बालसन्त मोहनशरण देवाचार्यको नेतृत्वमा शुभारम्भ भएको कुम्भ कलश यात्रा पूर्वी नेपालको काँकडभिट्टा पुगेर आज विराटनगरमा आइपुग्ने कार्यक्रम रहेको छ ।
कुम्भ कलश यात्राले नेपालको विभिन्न जिल्लाको परिक्रमापछि राजधानी काठमाडौँ हुँदै आगामी चैत १७ गते बिहान इटहरी आइपुग्ने र दिउँसो दोस्रो कुम्भस्थल बराहक्षेत्रका चतरातिर विभिन्न बाजागाजासहित कुम्भ कलश यात्रा निक्लने र त्यसको नेतृत्व पनि बालसन्तबाट नै हुनेछ ।
सो अवसरमा नेपालका प्रथम जगतगुरु तथा सुनसरीको चतरामा कुम्भ मेलाको प्रादुर्भाव गराउनु हुने बालसन्त मोहनशरण देवाचार्यले दोस्रो पूर्ण कुम्भ मेलामा आइपुग्दा यसले राष्ट्रिय महत्वको आकार लिएको उल्लेख गर्नुहुँदै नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राखेर हेरिरहेको उल्लेख गर्नुभयो ।
कुम्भ मेलाका लागि लाग्ने सम्पूर्ण तयारी तथा प्रचार प्रसारका लागि राज्यले सम्पूर्ण सञ्चार संयन्त्र परिचालन गर्ने तयारी भई सकेको थप जानकारी दिनुहुँदै मन्त्री डा रिजालले स्थानीय तहबाट र राष्ट्रियस्तरबाट कुम्भको व्यापक प्रचारप्रसार हुने विश्वास दिनुभयो ।
डा मन्त्री रिजाल, बालसन्त मोहनशरण देवाचार्य, डा कृष्णदासजी महाराजलगायतका धार्मिक गुरुहरुले वैदिक विधिपूर्वक कुम्भ घडाको पूजन गरेर पूर्ण दोस्रो कुम्भ मेलाको विधिपूर्वक शुभारम्भ गरिएको छ ।
यसैबीच, मन्त्री डा रिजालले नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको इटहरीमा आयोजित पदस्थापन समारोहमा श्रमजीवि सञ्चारकर्मीको हितका पक्षमा सरकारले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभएको छ ।
सरकारी सञ्चार माध्यम तथा निजी लगानीका सञ्चार माध्यममा काम गर्ने श्रमजीवी सञ्चारकर्मीले भोग्नु परेका समस्याका विषयमा सरकार सचेत रहेको टिप्पणी गर्नुहुँदै उहाँले श्रमजीवी सञ्चारकर्मीलाई तलब दिँदा सञ्चार माध्यम नै बन्द भए भने त्यस्तो अवस्थामा चाहीँ के गर्ने त्यो विषयमा पनि छलफल हुनुपर्ने बताउनुभयो ।
महासङ्घका नवविर्वाचित अध्यक्ष केशव घिमिरेको सभापतित्वमा भएको सो समारोहमा मन्त्री डा रिजालले महासङ्घलाई सहयोग गर्ने विभिन्न समाजसेवीलाई दोसल्ला ओढाएर सम्मानसमेत गर्नु भएको थियो ।
0 comments
Write Down Your Responses