विषादी हालेको भारतीय आँप खुलेआम बिक्री

जिल्ला अनुगमन समितिको कमजोरीका कारण सिरहाको लहान, गोलबजार, मिर्चैयालगायतका बजारमा खुलेआम विषादी प्रयोग गरिएको आँप बिक्री वितरण भइरहेको हो । हेर्दा लोभलाग्दो र आकर्षक देखिने आँप विषादी प्रयोग गरी असमयमै पकाइएको बताइन्छ ।त्यस्ता आँप बजारमा प्रतिकिलो १२० मा बिक्री भइरहेको छ । नेपालमै सबभन्दा बढी उत्पादन हुने जिल्ला सिरहा र सप्तरीमा आँप अहिले रुखमै छन् । आँपको सिजन नै नआएको समयमा व्यवसायीले भारतको विहारबाट काँचो आँप मगाई त्यसमा पाक्नका लागि जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्री गर्ने गरेको गोलबजारका गणेश साह बताउनुहुन्छ ।
कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायत अन्य शारीरिक समस्या उत्पन्न हुने चिकित्सक बताउँछन् । बजारमा अहिले बिक्री हुने आँप खान नहुने चिकित्सकको सुझाव रहेको छ
0 comments
Write Down Your Responses