Purbanchal News
»
झापा, वैशाख १० मजदुरको आन्दोलनले पूर्वका सबै चिया बगान र प्रशोधन कारखानामा काम ठप्प विशाल नेम्वाङ
झापा, वैशाख १० मजदुरको आन्दोलनले पूर्वका सबै चिया बगान र प्रशोधन कारखानामा काम ठप्प विशाल नेम्वाङ

चिया मजदुरहरुको आन्दोलनका कारण दुई दिनदेखि पूर्वी नेपालका सबै चिया बगान र प्रशोधन कारखाना बन्द भएका छन् । न्यनतम् ज्याला नपाएको भन्दै मजदुरहरुले कामै ठप्प पारेपछि हरियो पत्ती संकलन र
चिया प्रशोधनको काम ठप्प भएको हो ।आन्दोलनका कारण ६० वटा भन्दा बढी प्रशोधन कारखाना बन्द हुनुका साथै सयौं चिया बगानमा हरियो पत्ती टिप्ने कार्य रोकिएको छ । हरियो पत्ती टिप्ने सिजन सुरु भएलगत्तै चिया मजदुरले सरकारले निर्धारण गरेको ज्याला कार्यान्वयनको माग गर्दै चैत्र २२ गते आन्दोलनको घोषणा गरेका थिए ।
पूर्व घोषित कार्यक्रम अनुसार चिया उद्योगका सबै काम ठप्प हुनेगरि आन्दोलन थालिएको नेपाल ट्रेड युनियन महासंघ मेचीका अध्यक्ष सन्तकुमार राईले बताए । पटक–पटकको आन्दोलनपछि सरकारले कार्यदल बनाएर गत वर्षको साउनदेखि लागू हुनेगरि चिया मजदुरको दैनिक ज्याला दुई सय एक रुपैयाँ निर्धारण गरेको थियो ।
तर, मजदुरले अहिले दैनिक एक सय ५८ रुपैयाँ ज्याला पाउँदै आएका छन् । सरकारले एकलौटी रुपमा चिया मजदुरको ज्याला निर्धारण गरेपछि चिया उद्यमी भने आक्रोशित भएका छन् ।
0 comments
Write Down Your Responses