धनकुटामा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन

 धनकुटा, वैशाख ६ । धनकुटा नगरपालिकासँगै जोडिएको सावाबारी र मुलाबारी सामुदायिक वनमा तीन दिनअघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । स्रोत–साधनको अभावका कारण
आगो नियन्त्रणमा लिन नसकेको सामुदायिक वन महासंघ धनकुटाले जनाएको छ ।
धनकुटामा एक साताको अवधिमा बेलहारा, ताङ्खुवा, तेलिया, मुगा, पाख्रिवास, छिन्ताङ र धनकुटा नगरपालिका क्षेत्रका एक दर्जन सामुदायिक वनमा आगलागी भएको छ ।
आगलागीबाट काठ, खोटो र जडीबुटी जलेर नष्ट भएका छन् भने नजिकैको बस्तीका एक दर्जन बढी घर–गोठ पनि जलेको जिल्ला वन कार्यालय धनकुटाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.