सगरमाथामा हिमपहिरो, १२ जनाको मृत्यु (अपडेट) उत्तम पराजुली

पहिरोमा परेर घाइते हुनेमा सोलुखुम्बु केरुङका आङकामी शेर्पा, खरिखोला चतुकका दावाफुरी शेर्पा, टाक्सिन्दुका काजी शेर्पा र आङछिरिङ शेर्पा छन् । गम्भीर घाइते आङछिरिङलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।सगरमाथाको क्याम्प ‘वान’ र क्याम्प ‘टु’को बीचमा बिहान पहिरो गएको हो । ज्याके ग्ल्लोव, अइपाइन एसेन्ट, एसी, इभर क्वेष्ट, अभियास कम्पनीकागरि करिब २५ जनाको टोली त्यस क्षेत्रमा गएको हुनसक्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेले जनाएको छ
0 comments
Write Down Your Responses