जलवायुसँगै गुराँस फुल्ने समयमा पनि परिवर्तन

वैशाख महिना त्यो पनि नयाँ वर्ष गुराँसको राजधानी भनेर चिनिने क्षेत्रमा एउटा पनि गुराँस नफुल्दा अचम्मित भएको धरानबाट गुराँससँग फोटो खिच्न आएका सोनम राई भन्नुहुन्छ
वसन्त ऋतुको आगमनसँगै तिन्जुरे मिल्के जलजलेमा २८ प्रजातिका लालिगुराँस फुलेर रङ्गीविरङ्गी हुने गर्दछ जुन दृश्य आफ्नो क्यामारा र आँखामा कैद गर्न जोसुकै लालयित हुने गर्दछन् तर यसपटक भने फागुनबाट फुल्न सुरु गर्नुपर्ने गुराँस अहिलेसम्म नफुल्दा पनि कसैको ध्यान यता नजानु विडम्बना भएको बताउनुहुन्छ चौकी बजारका होटल व्यवसायी डोमा शेर्पा ।नयाँ वर्षमा आफ्ना साथीभाइलाई अन्य क्षेत्र घुम्न जाने भन्दाभन्दै पनि आफ्नै करले साथी टिएमजे क्षेत्रमा गुराँस फुलेको पनि हेर्ने अनि नयाँ वर्षमा रमाइलो पनि गरिने भन्दै धनकुटाबाट १२ जना टिएमजे क्षेत्र पुग्याँै कतै गुराँस फुलेको नदेखेपछि साथीहरुको अगाडि म लज्जित हुनुपरेको बताउनुहुन्छ धनकुटा सल्लेरीका अजय श्रेष्ठ ।
विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा वार्षिक हजाराँै पर्यटकले भ्रमण गर्ने गर्दछन् भने गुराँस फुल्ने समय फागुन अन्त्यदेखि असारसम्म आन्तरिक पर्यटकहरुको घुइँचो पाइने गर्दछ ।
गुराँसको राजधानीमासमेत गुराँस किन फुलेन त भन्दा अनविज्ञता प्रकट गर्दै वनस्पतिविज्ञ तिर्थबहादुर श्रेष्ठ भन्नुहुन्छ, “जलवायु परिवर्तनसँगै गुराँस फुल्ने समयमा पनि परिवर्तन आएको हुनसक्ने साथै वषैपिच्छे यस क्षेत्रमा गुराँस फुल्ने समय परिवर्तन हँुदै गएको छ ।”
गुराँसको फूल मनोरञ्जनको साधनमात्रै नभएर औषधिका रुपमा पनि प्रयोग हुने भएकाले गुराँसको महत्व यस क्षेत्रका बासिन्दामा अझ बढि रहेको छ । माछा खाँदा माछाको काँडा अड्किएमा गुराँसको फूल खाँदा निक्लने र गुराँसको फूल नभए गुराँसभन्दा पनि काँडा निस्कने विश्वास यहाँका वासिन्दामा रहेको छ ।
यसपटक गुराँस यतिका समयसम्म पनि नफुल्दा मानिसमा कोतुहलता जाग्नु सामान्य नै हो तर टिएमजे क्षेत्रमा गुराँस यतिका समयसम्म किन फुलेन भनेर सम्बन्धित पक्षले चासो नदेखाउँदा कतै गुराँसको वन पनि सामुदायिक वनमा परिणत भई दाउरा घाँसका लागि प्रयोग हुने त हैन भन्दै चिन्ता व्यक्त गर्नुुहुन्छ, सरोकारवाला धिरज पोर्तेल ।
यसपटक गुराँस नफुल्नुमा झुसिलकीराको बिगबिगि पनि एउटा कारण रहेको स्थानीय वृद्धवृद्धाहरु बताउनुहुन्छ । यसपटक टिएमजे क्षेत्रमा अत्याधिक झुसिलकीरा भएका कारण भुसिलकीराले फुल्न लागेका गुराँसको फूलको रस चुसिदिनाले गुराँस फुल्न नसक्ने भएको बताउनुहुन्छ एक वृद्ध प्रेमबहादुर पौडेल ।
निन्जुरे मिल्के जलजले संरक्षण क्षेत्रका संयोजक लक्ष्मण तिवारी विश्वमा आएको जलवायु परिवर्तनसँगै टिएमजे क्षेत्रमा पनि गुराँस फुल्ने समयमा केही वर्षयता परिवर्तन आएको भन्दै यसको निराकरण, संरक्षण र प्रवद्र्धनका लागि सरोकारवाला पक्षले बेलैमा सोच्न जरुरी रहेको बताउनुहुन्छ ।
0 comments
Write Down Your Responses