मोरङमा ९ महिनामा ५८ जनाको मृत्यु

नरेन्द्र बस्नेत
मोरङमा २०७० साउन १ गतेदेखि चैत मसान्त सम्ममा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सो अवधिमा कुल ५ सय १३ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा परी २१७ जना गम्भीर र ३१४ जना सामान्य घाइते भएको वताइएको छ ।
दुर्घटनामा सवैभन्दा वढि मोटरसाइकल २ सय ८४ वटा, ट्रक ३३ वटा, वस ४६ वटा, जीप, कार भ्यान ६२ वटा, ट्याक्टर ३३वटा, टेम्पो ४६वटा र रिक्सा/ठेला ४९ वटा परेका छन् ।
यसैगरी सोही अवधिमा ४३ हजार ३७ वटा विभिन्न प्रकारका सवारी साधनहरु कारवाहीमा परी कुल एक करोड नौ लाख ३४ हजार ६ सय रूपैयाँ राजश्व संकलन भएको वताइएको छ ।
विगतका बर्षहरूमा वर्षभरिमा ६० लाख रूपैयाँभन्दा वढी राजश्व संकलन गर्न नसक्ने यो कार्यालयले छिटो छरितो सेवा शुरू गरी सक्रियता बढाएपछि नौ महिनाको अवधिमा उल्लेखनीय राजश्व संकलन गरेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.