विद्यालयलाई सभासद् नेम्बाङको सहयोग

संविधानसभाका सदस्य आइन्द्रसुन्दर नेम्बाङले पाँचथरको इम्बुङस्थित एक विद्यालयलाई सहयोग उपलब्ध गराउने भएका छन् । इम्बुङ-२ को सत्यहाङमा उच्च माविलाई नेम्वाङले आगामी चार बर्षसम्म त्यस्तो सहयोग उपलव्ध गराउने भएका हुन् ।
उनले सभासद् भएवापत पाउने रकमको पाँच प्रतिशत रकम आफूले पढेको सो विद्यालयको शैक्षिक विकास तथा पूर्वाधार निर्माणका लागि सहयोग उपलब्ध गराउने भएका हुन् । नेम्वाङले सभासद्को पदावधि रहुञ्जेलसम्म सो सहयोग नियमित प्रदान गर्ने जानकारी दिए । नेकपा मालेबाट संबिधानसभामा निर्वाचित उनी सोही क्षेत्रका स्थायी बासिन्दा समेत हुन् ।सभासद् नेम्बाङले हालै इम्बुङस्थित सोही विद्यालयमा निर्मित इतिहासविद् स्व.रनध्वज नेम्बाङको शालिक अनावरण गर्दै सहयोगको घोषणा गरेका हुन् । त्यसक्रममा उनले सोही विद्यालयमा निर्माण गरिएको इनम खेलकुद मैदानको समेत उद्घाटन गरेका थिए । खेलकुद मैदानका लागि पूर्व सभासद इन्द्रहाङ नेम्बाङ, नरध्वज र महाप्रसाद नेम्बाङले संयुक्त रुपमा ५ रोपनी जग्गा विद्यालयलाई निःशुल्क दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.