सुनसरी र मोरङको बिस्कुट उद्योगमा अख्तियारको अनुगमन

विराटनगर, १७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले सुनसरी र मोरङ जिल्लामा सञ्चालित बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको अनुगमन सुरु गरेको छ ।
सो कार्यालयबाट खटिएको टोलीले बिस्कुट उद्योगको उत्पादनको गुणस्तर तथा तौल जाँचका लागि
नमुनासमेत सङ्कलन गरी सम्बन्धित निकायमा पठाएको बताइएको छ ।
सुनसरी र मोरङ करिडोरमा रहेका आठ वटा बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको नमुना क्षेत्रीय खाद्य प्रविधि एवम् गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरमा जाँचका लागि पठाइएको हो ।
क्षेत्रीय खाद्य प्रविधि कार्यालयका अनुसार सङ्कलित बिस्कुटको नमुनाको जाँच भइरहेको छ । आयोेगले गरेको अनुगमन कार्य अत्यन्त सकारात्मक एवम् स्वागतयोग्य भएको उपभोक्ता संस्थाको भनाइ रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.