माघ महिनामै संविधान जारी हुन्छ : मन्त्री खड्का

मन्त्री डा. खड्काले जनताका प्रतिनिधिको सहभागितामा संविधान लेख्ने र जारी गर्ने कार्यले पूर्णता पाउने विश्वासका आधार तयार भइसकेको उल्लेख गर्नुभयो ।
मन्त्री डा. खडकाले कतिपय महत्वपूर्ण स्थानमा सरकारका तर्फबाट गरिनुपर्ने नियुक्तिमा ढिलाइ भइरहेको स्वीकार गर्दै मानवअधिकार आयोगलगायतका निकायहरूमा चाँडै नै नियुक्ति गर्ने र यसका लागि राजनीतिक दलहरूसँग छलफल भइरहेको उल्लेख गर्नुभयो ।
मन्त्री खड्काले चाँडै स्थानीय निकायको चुनाव गर्नु आवश्यक देखिएकाले त्यस विषयमा पनि राजनीतिक दलहरूसँग सहमति गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses