बिराटनगर : ‘जण्डिस प्रकोप शहर’ घोषणा
१७ बैशाख, बिराटनगर । केही दिनयता फैलिएको जण्डिसका कारण बिराटनगरमा ठूलो संख्यामा मानिस प्रभावित भएपछि यसलाई प्रकोपमा रुपमा घोषणा गरिएको छ । खानेपानी प्रदुषित भएको गुनासो आइरहेका
बेला काठमाडौंमा रहेका खानेपानी कार्यालय मोरङका हाकिमले टेलिफोनबाटै सिडिओको गाली खाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा बुधबार भएको वृहत छलफलपछि जन्डिसलाई प्रकोपका रुपमा घोषणा गरिएको हो । केही दिनदेखि जन्डिसबाट धेरै मानिस प्रभावित भइसकेको अवस्थामा प्रकोपका रुपमा घोषणा गरी रोकथामको पहलमा हामी अगाडि बढ्ने सहमति भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले अनलाइनखबरसँग भने ।
उनले जन्डिसबाट प्रभावित हुनेको संख्या दिनहुँ बढ्न थालेपछि स्वस्थ्य मन्त्रालयका विषेशज्ञता झिकाउनका लागि सम्वन्धित मन्त्रालयमा पत्रकार समेत गरिएको छ ।
यसैगरी नगर क्षेत्रमा रहेका अस्पतालमा कतिको संख्यामा जन्डिसका बिरामी उपचाररत अवस्थामा छन् उनीहरुको तथ्याङ उपलब्ध गराउन पनि सबै स्वास्थ्य संस्थालाई अपीलसमेत गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अध्यक्षतामा बसेको सो छलफलमा मुख्यतयाः जन्डिस के कारण लागेको हो र यसको रोकथामका लागि अपनाउनुपर्ने विषयमा केन्दि्रत भएको थियो । कार्यक्रममा जनस्वासथ्य प्रमुख नवराज सुब्बाले जन्डिसका कारण सबैभन्दा बढी प्रभावित वडा र अस्पतालमा उपचारत बिरामीको संस्या बारे जानकारी गराएका थिए ।
छलफलमा बिराटनगर उपमहानगरपालिकाका प्रमुख प्रदीप निरौला, प्रहरी प्रमुख विश्वराज पोख्रेल, स्थानीय विकास अधिकारी शिवराम पोख्रेल, चिकित्सक एवं अस्पतालका प्रशासकीय प्रमुखहरुको सहभागिता थियो ।
खानेपानीका हाकिमलाई सिडियोले झपारे
केही दिनयता बिराटनगरमा जन्डिसका कारण सयौं मानिस प्रभावित भइरहेका समयमा खानेपानी संस्थाका हाकिम काठमाण्डौ बसेपछि मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले उनलाई तत्काल बिराटनगर आउनू भन्दै झपारेका छन ।
प्रजिअको अध्यक्षतामा बुधबार बसेको बैठकमा खानेपानी कार्यालयका प्रमुख सन्तोष रौनियार अनुपस्थित भएपछि फोनमार्फत प्रजिअ कार्कीले हपारेका हुन् ।
रौनियारले बुधबार साँझ प्रजिअ कार्कीलाई गलत जानकारी दिएको भन्दै झांेक्किदै भने- ‘मलाई किन गलत जानकारी दिएको ? आज अपरान्ह २ बजेभित्रै बिराटनगर आउनू, नत्र म कार्वाहीका लागि प्रधानमन्त्री कार्यालयमा पत्राचार गरिदिन्छु ।’
प्रजिअलाई ढाँटेको आरोपखानेपानी संस्थानका प्रमुख रहेका रौनियारले बुधबार बेलुका प्रमुख जिल्ला अधिकारी कार्कीलाई नमूना परीक्षणका लागि पठाइएको पानी ल्याप टेष्टको विवरण आएको भन्दै झूटो बयान दिएको बैठकमा चर्चा चलेको थियो ।‘तपाई मलाई नसोधी समस्या आएका बेला काठमाण्डौ जाने ? यो भन्दा लापरवाही केही हुँदैन, प्रजिअले रौनियारलाई भने- ‘जसरी हुन्छ आज २ बजेसम्म बिराटनगर आइपुग्नू ।’ प्रजिअले कार्कीले कार्यक्रम स्थलबाटै फोन गरेर रौनियारलाई निर्देशन दिए ।
जन्डिस लागेमा मानिसलाई बचाउन गाह्रो- चिकित्सक
जन्डिस लागेमा सामान्यरुपमा लिइने भए पनि बिराटनगर क्षेत्रमा फैलिएको जन्डिसबाट प्रभावित मानिसलाई बचाउन नै गाह्रो हुने गरेको चिकित्सकले बताएका छन् ।
अन्य स्थानमा जन्डिस सामान्यजस्तो देखिए पनि उपचार पछि उनीहरु निको हुने तर, बिराटनगरमा देखिएको जन्डिसबाट मानिसलाई जोगाउन नै नसकिने अवस्था रहेको चिकित्सक डा कैलाश श्रेष्ठले भने ।
चिकित्सक श्रेष्ठका अनुसार जन्डिसबाट प्रभावित भएका मानिस उपचारका लागि अस्पताल भर्ना भएको पाँच दिनभित्रै मु्त्यु हने गरेको छ ।
‘बिराटनगरमा फैलिएको जन्डिसको प्रकोप भिन्नै प्रकारको रहेको पाएको छु, यसबाट मानिस प्रभावित भएपछि बचाउन नै गाह्रो हुन थालेको छ, यसलाई रोक्न आवश्यक कदम चाल्न जरुरी भएको छ,’ चिकित्सक श्रेष्ठले भने ।जन्डिसको कारण खोजी
करिव पाँच दिनयता प्रकोपका रुपमा फैलिएको जन्डिस के कारण देखा परेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छौन । धैरै जसो पानीको कारण भएको बताइए पनि अहिलेसम्म तथ्य भने खुल्न नसकेको डाक्टरहरुले बताएका छन् ।
विषेशतः बिराटनगरमा वितरण गरिँदै आएको खानेपानीका कारण जन्डिसको प्रकोप फैलिएको आशका गरी पानी परीक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट नआएका कारण प्रकोप फैलिनुको कारण अहिलेसम्म खुल्न नसकेको हो । सुनसरीको कुम्भ मेलामा सहभागीहरुमा बढी प्रभाव देखिएको छ ।
0 comments
Write Down Your Responses