सवारी दुर्घटनामा १ को मृत्यु, ८ घाइते
१२ बैशाख, धनकुटा । धनकुटामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते
भएका छन् । कोशी राजमार्गको धरान धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारको कार्कीछापमा गएराति ९ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा भारत बेतिया बस्ने ४० वर्षका मुन्नाप्रसाद शाहको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका ८ जनाको विपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान धरानमा उपचार भइरहेको धनकुटाका प्रहरी निरीक्षक बासुदेव चौधरीले जानकारी दिए ।
घाईते हुनेहरुमा तेह्रथुम मोराहाङ गाविस-६ का २३ बर्षका आशा राई, वडा नं. ९ का ३६ बर्षका हर्कबहादुर राई, १२ बर्षका सुमन राई, १० बर्षका कोभित राई, तेह्रथुमकै सुदाप गाविस-४ का २० बर्षका अजित लिम्बु, धरान नगरपालिका-१५ की १७ बर्षका एलिशा श्रेष्ठ र भारत बेलिया बस्ने १४ बर्षका दिपक शाह रहेका छन् । गाडी चालक तेह्रथुम मोराहाङ गाविस-६ का २५ वर्षका विष्णु राई भेडेटार प्रहरीको नियन्त्रणमा रहेका छन् ।
तेह्रथुमबाट धरानतर्फ गईरहेको को.१ ज. ३६९ नम्बरको लैण्डरोभर धनकुटाको भेडेटार गाविस-३ कार्कीछापमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
0 comments
Write Down Your Responses