गायक रामकृण्ण ढकाल भए घरविहिन

काठमाडौं । गायक रामकृण्ण ढकाल घरबिहिन बनेकाछन् । लालीगुँरास सहकारीले सँस्था लिमिटेडले उनको घर लिलामी गरेपछि ढकालको परिवार घरविहिन बनेको हो ।
सहकारीबाट लिएको ८० लाख ऋण नतिरे पछि बाध्य भएर सँस्थाले घर लिलामी गरेको हो सहकारीले पटक–पटक ऋण तिर्नका लागि सार्वजनिक सूचना जारी गर्दा समेत ढकालले बेवास्ता गरेपछि सहकारीले ढकालको घर जफत गरेको हो ।
ढकाल घर फिर्ता गरिदिनका लागि मन्त्रिदेखि उच्च सरकारी सचिवहरु बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्रहरुको शरणमा पुगेको समाचार बाहिरीएको छ ।
गायक ढकाल आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताउदै आएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.