स्कुटरमा सवार तथा पैदल यात्रीको गहना लुट्ने पक्राउ

बाकेको वागेश्वरीका स्थायी वासीन्दा गिरी पूर्व प्रहरी समेत रहेको र विगत चार महिना देखि उपत्यकाको विभिन्न स्थानमा यसरी नै लुटपाट गरी रहेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी गिरी सहित उनका सहयोगी नारायण श्रेष्ठ र गणेश बहादुर सुनुवारलाई समेत सार्वजनिक गरेको थिए ।
हाल सम्म अभियुक्तहरुले ६४ तोला भन्दा बढी सुनका गरगहनाहरु ३६ जना महिलाहरुबाट गरगहना लुटिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनुवार चोरीको सुन लिएर स्वरुप परिवर्तन गरेर सुन बेच्ने गरेको र लुटपाटको क्रममा श्रेष्ठले मोटरसाइकलमा गिरीलाई सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।
गिरी यस अघि नेपालगञ्जमा यस्तै सुनका गरगहनाहरु लुटपाट तथा लागु औषधी सम्बन्धी अभियोगमा पक्राउ परी १४ लाख धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तहरुबाट १६ तोला भन्दा बढीको सुन विभिन्न सुनका गरगहनाहरु, नगद २ लाख भन्दा बढी पुराना सिक्काहरु, लागु औषध खैरो हेरोइन र लुटपाटमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ ।
0 comments
Write Down Your Responses