पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने युवक कारागार चलान

मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा गत असार ९ गते पक्राउ परेका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेल कारागार चलान भएका हुन् ।
जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएका भुजेललाई अदालतको आदेशमा आइतबार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
घरका अभिभावक खेतमा काम गर्न गएको मौका पारेर असार ७ गते बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको उजुरी परेको थियो ।
उजुरीपछि भुजेललाई प्रहरी कार्यालय छितापोखरीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
भुजेलले मादक पदार्थले मातेर बालिका बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार गरिएका बालिकाको स्वास्थ्यमा सुधार आएपछि घर पठाइएको जिप्रका खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो बलात्कृत बालिकालाई महिला तथा बालबालिका कार्यालय खोटाङले राहतस्वरुप रु पाँच हजार आर्थिक सहयोग गरेको छ ।
0 comments
Write Down Your Responses