छोराको हत्या गरेको आरोपमा बुबा पक्राउ

सप्तरी, १४ साउन । आफ्नै छोराको हत्याको आरोपमा प्रहरीले सप्तरीको बिसहरिया गाविसबाट एकजनालाई पक्राउ गरेको छ । आफ्ना आठ वर्षीय छोराको हत्या गरी फरार भएको आरोपमा कोचाबखारी गाविस–९ निवासी श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिगएको टोलीले बिसहरिया गाविस–२ दमावती सिङ्गियौन टोलबाट मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मण्डलले गत बिहीबार आफ्नै आठ वर्षीय छोरा गोविन खङ्गलाई बरही वीरपुर गाविसस्थित घोरदह खोलाको किनारामा लगेर वञ्चरो प्रहार गरी हत्या गरेर फालेको प्रहरीको आरोप छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.