Society
»
यसरी ल्याइयो रिम्पोचेको शव काठमाडौं
यसरी ल्याइयो रिम्पोचेको शव काठमाडौं

१४ औं श्यामर रिन्पोचेको शव अन्तिम संस्कारका लागि भुटानबाट राजधानी काठमाडौं ल्याइएको छ। ड्रुक एयरलाइन्सको चार्टंर उडानबाट अपरान्ह साढे चार बजे रिन्पोचेको शव काठमाडौं ल्याइएको हो।बिहान बसेको
मन्त्रिपरिषद्को बैठकले उनको शव नेपाल ल्याउन अनुमति दिने औपचारिक निर्णय गरेको थियो।काठमाडौं विमानस्थलबाट उनको शव सिधै रानीवनस्थित शरमिनाभ गुम्बामा लगिने कार्यक्रम छ। मंगलबार र बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि राखेर बिहीबार उनको त्यही अन्तिम संस्कार गरिने तयारी छ। रिन्पोचेको शव काठमाडौं ल्याउने खबर सुनेपछि बिहानदेखि रानीबनको शरमिनाभ गुम्बा र विमानस्थलमा उनका भक्त तथा अनुयायीहरुको भीड लागेको थियो।
यसअघि उनको पार्थिव शरीर नेपाल ल्याउन नदिने सरकारी निर्णय भएको थियो। हेर्नुहोस् समाचारमा -सुरक्षाका कारण श्यामार्पाको शब ल्याउन नदिने निर्णय
तर, व्यापक दबाबपछि मंगलबार बिहान मन्त्रिपरिषद्ले नयाँ निर्णय लिनुपरेको हो। हेर्नुहोस् समाचारमा गत जेठ २८ मा जर्मनीमा निधन भएका श्यामर रिन्पोचेको शव शनिबार थिम्पुमा लगिएको थियो।
राजदम्पती तथा भुटानस्थित अन्य श्रद्धालुको अन्तिम दर्शनका लागि थिम्पु लगिएको उनको पार्थिव शरीरलाई ड्रुक एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो।
0 comments
Write Down Your Responses