सडक दुर्घटनामा ८४ जनाको मृत्यु

विराटनगर, मोरङ जिल्लामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी ८४ जनाको मृत्युभएको छ । जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार आव २०७०/७१ मा ४३१ वटा सवारी दुर्घटनामा परी ८४ जनाको मृत्युभएको
हो ।मोटरसाइकलको दुर्घटनामा परी सबैभन्दा बढी मृत्यु भएको प्रहरी निरीक्षक खेमबहादुर केसीले बताए ।मोरङको ग्रामीण क्षेत्रमा अधिकांश ग्राभेल सडकमा सवारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घन एवम् अत्यधिक गतिमा सवारी सञ्चालन गर्ने कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.